हरेक ३/३ वर्षमा हुने कुलदेवताको पूजा (देवाली) कुलराजको असिम कृपाले याे वर्ष २०८१ साल वैशाख ११ गते मंगलबार जुरेको छ । उक्त दिन हामी कश्यप गोत्रीय घिमिरेको देवाली विराटनगरमा हुने भएकाे हो ।
आयोजक एकीकृत घिमिरे कल्याण परिषद् केन्द्रीय कार्यालय विराटनगरका अनुसार २०८१ वैशाख ११ गते मंगलबार कश्यप गोत्रीय घिमिरेको कुलपूजाको साइत जुरेको छ । उक्त दिन कुलदेवताको पूजाका लागि सम्पूर्ण बन्धुहरुलाई उपस्थिती जनाइदिनुहुन हार्दिक अनुरोध गरिएकाे छ ।
हरेक तीन/तीन वर्षमा विराटनगरमा हुने यो कुलपूजामा संसारभरबाट २०औं हजार बन्धुबान्धवको उपस्थिती रहँदै आएको छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको एकीकृत घिमिरे कल्याण परिषद्ले हरेक देवालीलाई भब्य रूपमा सम्पन्न गर्दै आएको छ । जिल्ला बाहिरबाट आउने बन्धुहरूको ब्यवस्थापनमा पनि परिषद्ले विशेष ध्यान दिँदै आएको एकीकृत घिमिरे कल्याण परिषद् केन्द्रीय कार्यालय विराटनगरका सचिव दीपकप्रसाद घिमिरेले बताउनुभयो ।
देवालीमा कुलदेवताको पूजा भव्य रूपमा गरिन्छ । कुलराजले सम्पूर्ण विश्वमा रहनुहुने घिमिरेहरूको उत्थानमा कृपा वर्षाइरहनुभएको छ । उहाँकै कृपाले हामीले पनि जानी नजानी कुलदेवतालाई सम्झिने मौका पाइरहेका छौं । जय कुलदेवता । जय कुलराज ।
घिमिरे बन्धु
लेखक घिमिरे वंशावलकीका एडमिन हुन् ।

